ट्याक्सी व्यवसायीद्धारा भाडादर समायोजन गर्न माग

२७ बैशाख २०७६, शुक्रबार १८:२० मा प्रकाशित

काठमाडौँ, २७ बैशाख । टयाक्सी व्यवसायीले ट्याक्सीको भाडा दर समायोजन गर्न सरकारलाई दवाव दिएका छन् । उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले तत्काल टयाक्सीको भाडा दर समायोजन गर्न सरकारसँग माग गरेका छन् । उनले ७ वर्षमा धेरै मूल्य बृद्धि हुँदा पनि सरकारले टयाक्सीको भाडा दर समायोजन नगरेको भन्दै आपत्ति जनाए ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले पनि टयाक्सीको भाडा दर समायोजन हुने बताएका छन् । टयाक्सी व्यवसायीहरुलाई मापदण्ड भित्र रहेर मात्रै टयाक्सी संचालन गर्न सचेत गराउँदै उनले भाडादर चाँडै समायोजन हुने आश्वासन दिए ।

‘टयाक्सीको भाडा दर समायोजनसम्बन्धि समस्या तत्काल समाधान हुन्छ,’ महानिर्देशक दाहालले भने, ‘तर टयाक्सी व्यवसायीहरुले मापदण्ड भित्र रहेर टयाक्सी संचालन गरिदिनुपर्यो ।’ यातायात व्यवस्था विभागले टयाक्सीको बैज्ञानिक भाडा दर निर्धारण गर्न समितिनै बनाएर कामलाई अघि बढाएको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी