अदृश्य शक्तिले मेलम्चीको पानी काठमाडौँ दिएन: प्रचण्ड

२७ बैशाख २०७६, शुक्रबार १८:०८ मा प्रकाशित

काठमाडौँ, २७ बैशाख । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजना रोक्न नेपालभित्रकै अदृश्य शक्ति लागि परेको खुलासा गरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले शुक्रबार गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले केही मानिसले अझै २ वर्ष मेलम्चीको पानी ल्याउन दिन्नौँ भनेको बताए ।

उनले प्रधानमन्त्री, मन्त्रीले छिट्टै मेलम्चीको पानी काठमाडौं ल्याउन चाहेको कुरामा कुनै शंका नरहेको बताउँदै भने– ‘अहिले सरकारको तर्फबाट छिट्टै आउँछ भन्ने विश्वास गरिँदै गर्दा त्यसमा संलग्न केही मानिसहरुले मलाई अझै आउदैन भने । अझै दुई तनी वर्ष लाग्छ भने ।’

मेलै यो कुरा प्रधानमन्त्री, मन्त्री र सचिवलाई सुनाए । त्यहाँ बसेर विभिन्न गतिविधि गर्ने केही मानिसहरुको समूहले हामी अझै पनि आउन दिन्नौँ भनेका छन् मेलम्चीको पानी । प्रधानमन्त्री र मन्त्रीमा मेलम्चीको पानी ल्याउन गरेको तत्परतामा कुनै शंका छैन तर फेरि पनि मेलम्ची अझै केही समय आउँदैन भन्ने छ ।’

प्रचण्डले सरकारले बलियो हात नचलाईकन मेलम्चीको पानी ल्याउन अझै पनि कठिन रहेको बताए । सुरुङ्को काम पनि सकिएको, काठमाडौंमा तयारी पनि अन्तिम चरणमा पुगेको बेला कसले रोक्यो थाहा नभएको उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी