लगानी गर्न आएका विदेशी एयरपोर्टमै समातिए

२७ बैशाख २०७६, शुक्रबार १५:४६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ बैशाख । केही समय अघि सरकारले अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्यो । विभिन्न क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता आए ।

विदेशी लगानी भित्रिदै छ भनेर सरकार मख्ख छ, उद्यमीहरु हाम्रो बजार कमजोर हुने हो कि भन्ने त्रासमा छन् । यद्यपी विदेशबाट केही लगानी भित्रिएको भने पक्कै छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ पछि लगानी आएको छैन । ऐन आएपनि नियमावली नअउँदा लगानी आउन सकेको छैन ।

यसबीचमा एउटा अचम्मको घटना घटेको छ । केही दिन अगाडी नेपालमा लगानी गर्न भन्दै लगानीका क्षेत्रहरुको विषयमा अनुसन्धान गर्न आएका भारतीय लगानीकर्ताहरु नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परे । लगानीका क्षेत्रहरु अवलोकन गर्न आएका उनीहरु तीन दिनसम्म हिरासतमा बस्नु पर्यो ।

दक्षिण भारतीयहरु अन्यको तुलनामा बढी सौखिन हुन्छन् । उनीहरु हातमा, गलामा सुनका सिक्री र हाताका औलामा औँठी लगाउन मन पराउँछन । नेपालमा लगानी गर्न आएका भनिएकाहरुले पनि सोही काम गरेका थिए ।

नेपालको कानुन अनुसार विदेशी राहदानी बाहकले ५० ग्रामभन्दा बढी सुन बोक्न पाउँदैन । नेपाली÷स्वदेशी राहदानी वाहकले भने सय ग्रामसम्म सुन बोक्न पाउँछ ।

लगानीका सम्भावना खोल्द्यन आएकाहरुको साथबाट ५० ग्रामभन्दा बढी सुन भेटेपछि अध्यागमन विभागले तीन दिन थुनेर भारत तिरै फर्काइदियो । अब उनीहरुले नेपालमा लगानी गर्ने कुरा त परै जाओस् यो कुरा सोच्दा पनि सोच्दैनन् ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नीतिगत सुधार नगरी समृद्ध नेपालको नारा गौश्वारामा मात्रै सिमित हुने बताउँछन । सरकारले लिएको लक्ष्यलाई पूरा गर्न यस्ता केही सामान्य नियमहरु फेरबदल गर्न सक्नुपर्ने उनको भनाई छ ।

(होटल एसोसियसन नेपालको ४६औँ सधारणसभामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले मन्तव्यका क्रममा यो खुलासा गरेका हुन् )

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी