साथीको हत्या गर्नेलाई सर्वस्वसहित जन्म कैद फैसला

१८ श्रावण २०६९, बिहीबार १८:३७ मा प्रकाशित

भक्तपुर १८ साउन । एघार हजार रूपैयाँको लागि आफ्नै गाउँको साथीको हत्या गर्ने तीन जनालाई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको छ ।
गत वर्ष भदौ २६ गते राति भक्तपुरको छालिङ गाविस १ का २२ वर्षिय विशाल भनिने विश्वराम थापाको हत्या गरेर गाउँकै खुल्ला चौरमा खाल्डो खनेर पुर्ने स्थानीय तीन व्यक्तिलाई जिल्ला अदालतले बुधबार सर्वस्वसहित जन्मकैदको फैसला गरेको अधिवक्ता किरण थापाले बताउनुभयो । जिल्ला न्यायाधीश रामप्रसाद ओलीको इजलासले यस्तो फैसला सुनाएको हो । उनीहरूलाई डिल्लीबजार जेल लगिएको छ ।
खाल्डो खनेर पुरिएका अवस्थामा शव फेला परेको भक्तपुर छालिङ गाविस(१ का २३ वर्षीय विशालको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको थियो । गत भदौ २३ गते शुक्रबार आमासँग पसलका लागि भनेर विशालले ११ हजार नगद लिएर गएका थिए । घर नजिकैको पसलमा रहेका उनकै साथीहरू छालिङ(१ का गोकर्ण थापा, सोही ठाउँका दीपक थापा र कुमार पहरीले उनको हत्या गरेको खुल्न आएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरले हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।