भारतमा दैनिक तीन उडान गर्न निगमलाई सरकारको आग्रह

२७ बैशाख २०७६, शुक्रबार १४:३२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ बैशाख । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई भारतमा दैनिक ३ उडान गर्न आग्रह गरेको छ । भारतबाट नेपाल उडान भर्दै आएको जेट एयरवेजले उडान बन्द गरेपछि त्यसको अभाव हुन नदिन सरकारले एनएसीलाई भारतमा ट्रिपल डे उडान गर्न आग्रह गरेको हो ।

२०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य सहित मनाउन लागिएको नेपाल भ्रमणलाई प्रभावित हुन नदिन सरकारले निगमलाई यस्तो आग्रह गरेको हो । हाल भारतमा दैनिक दुई उडान भर्दै आएको नेपाल वायु सेवा निगमलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कार्यवाहक सचिव सुरेश आचार्यले दैनिक ३ उडान गर्न अपिल गरेका छन् । यसका लागि सरकारले आवश्यक पहल र सरकारी स्तरबाट गर्नुपर्ने सहयोग गर्ने उनको भनाई छ ।

सरकारी आग्रह र भारतको जेट एयरवेजको उडान बन्द भएपछि पर्न सक्ने असरलाई ख्याल गरेर जेटको अभाव नहुने गरी उडान थप्ने तयारी भईरहेको नेपाल एयरलाईन्सले जनाएको छ । निगमका सहप्रवक्ता नवराज कोईरालाका अनुसार दैनिक ३ उडान भर्ने गरी तयारी थालिएको छ । निगमसँग अहिले भएका जहाजको संख्याले भारतमा दैनिक तीन उडान भर्न कठिन हुने तर आन्तरिक उडान कम गरेर भएपनि भारतमा दैनिक तीन उडान भर्ने निगमको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी