बजेटका प्राथमिकतामा सामाजिक सुरक्षा र मर्यादित रोजगारीः अर्थमन्त्री खतिवडा

२७ बैशाख २०७६, शुक्रबार १३:२४ मा प्रकाशित

काठमाडौँ, २७ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पूर्व बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

प्रस्ताव पेश गर्दै उनले सांसदहरूले दिने सुझावका आधारमा बजेट ल्याउने बताए । देशले लिएको विकासको ढाँचा, संघीयता, मौलिक हकको कार्यान्वयन र साधनको उपलब्धताबीचको तालमेलको खाकाभित्र रहेर बजेट आउने उनको भनाई छ ।

आगामी वर्षलाई युवा परिचालन वर्ष तथा अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रुपमा लिने मन्त्री खतिवडाले जानकारी दिए । उनले आगामी आर्थिक वर्षमा भूकम्पपछि भत्केका नीजि आवास निर्माण सम्पन्न गर्ने गरी बजेट आउने बताए ।

‘आगामी वर्षको बजेट न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, सामाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधार राष्ट्रिय पूजीको सम्बद्र्धन बजेटका सिद्धान्त हुनेछन्’ उनले भने ।

बैशाख २९ र ३० गते पूर्ब बजेट छलफल हुनेछ । छलफल सकिएपछि सरकारले १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।