आवश्यक परे सभापतिमा चुनाव लड्छुः नेता पौडेल

२७ बैशाख २०७६, शुक्रबार १३:१६ मा प्रकाशित

उदयपूर, २७ बैशाख । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसका नेताहरु भ्रष्टाचारमा मुछिएको थाहा पाए कारवाही गरिने बताएका छन् । प्रेस युनियन उदयपुरले गरेको पत्रकार भेटघाटमा नेता पौडेलले काङ्ग्रेसमा आबद्ध जुनसुकै तहका र जो सुकै नेता भ्रष्टाचारमा मुछिने पार्टीले कारबाही गर्ने बताएका हुन् ।

पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको र त्यसमा नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारवाही गर्न तयार रहेको उल्लेख गरे ।

नेपाली काङ्ग्रेस लामो इतिहास बोकेको पार्टी भएको भन्दै उनले सामान्य विवाद देखिदैमा पार्टी बिग्रियो भनेर बुझ्न नहुने धारणा राखे । पार्टीको महाधिवेशनमा आवश्यक परे सभापतिको उम्मेदवार बन्न सक्ने पौडेलको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ