उपभोक्ता झुक्याउँदै नेपालका सिमेन्ट उद्योग

२७ बैशाख २०७६, शुक्रबार १३:०० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ बैशाख । नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगले ‘नेपाल गुणस्तर’ अनिवार्य रुपमा लिनुपर्ने प्रावधान छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले ‘नेपाल गुणस्तर चिन्ह’ प्रदान गर्ने गर्दछ । नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ अनुसार नेपाल गुणस्तर नलिई उद्योगले सिमेन्ट उत्पादन गर्न पाउँदैनन् ।

नेपालमा उत्पादन हुने सिमेन्ट तीन थरीका छन् । ओपिसि, पिपिसी र पिएससि । बजारमा आएका सिमेन्टहरु ३३ ग्रेड, ४३ ग्रेड र ५३ ग्रेडका छन् भन्ने गरिन्छ । सिमेन्ट उद्योगीहरुले पनि यो दाबी गर्दै आएका छन् । ग्राहकलाई ठूलो ग्रेड देखाएर उनीहरुले विज्ञापन गरिरहेका छन् ।
तर नेपाल गुणस्तर तथा नापतौल विभागले भने अहिलेसम्म नेपालमा उत्पादन हुने सिमेन्ट ३३ ग्रेडभन्दा माथिको नभएको बताएको छ । विभागले ३३ ग्रेडभन्दा माथिको ग्रेडका लागि ‘नेपाल गुणस्तर’ दिएको छैन । उद्योगीहरुले ४३ र ५३ ग्रेडको उत्पादन भईरहेको छ भनेर विज्ञापन गर्नु गलत भएको विभागको भनाई छ ।
उद्योगले विभागमा बुझाएको कागजात र फ्याक्ट्री भिजिट गरेर ब्वालिटी ल्याब, जनशक्ति आदि हेरेर विभागले नेपाल गुणस्तरको प्रमाणपत्र दिने गर्दछ । विभागका निर्देशक दिपक ज्ञवालीका अनुसार अहिले नेपालमा सञ्चाल भईरहेका करिब ५० वटा सिमेन्ट उद्योग सबैलाई ‘नेपाल गुणस्तर’ दिँदा ३३ ग्रेडको भनेर दिईएको छ ।

तर सिमेन्ट उद्योगले भने उच्च ग्रेडको सिमेन्ट उत्पादन गरिरहेको दाबी गरेका छन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रव थापा नेपालमा सिमेन्टको ग्रेड नै नभएको दाबी गर्छन । सामान्य रुपमा उत्पादनको अनुमति मात्रै दिईएको उनको भनाई छ । उद्योगीहरुले ग्रेडिङ गर्नुपर्यो भन्ने माग गरिरहेको उनको भनाई छ ।

कागजात र प्रमाण बिना नै ५३ ग्रेडको सिमेन्ट उत्पादन भईरहेको छ भनेर प्रचार गरिरहेका छन् । विभागले यसरी गलत प्रचार गरेर ग्राहकलाई ढाट्नु गलत भएको बताएको छ छ । तर सिमेन्ट उत्पादक संघका अध्यक्ष थापा यति ग्रेडको भनेर कुनै पनि उद्योगले विज्ञापन नगरेको दाबी गरेका छन् । ‘मुखले कतै बोलेका होलान’ उनले भने, ‘कतै बोरामा लेखेका छैनन्, अन्त कतै विज्ञापन पनि गरेका छैनन् ।’ उनले दोहोर्याएर भो, ‘उच्च ग्रेडकै सिमेन्ट उत्पादन हुन्छ नेपालमा, तर डकुमेन्ट छैन । हामीले डकुमेन्ट हुने व्यवस्था गरिदेउ भनेको हो ।’

विभागले ४३ ग्रेडको नेपाल गुणस्तरको स्ट्यान्डर्ड बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पहिलो चरणमा ओपिसी सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर दिने गरी छलफल अन्तिम चरणमा पुगेको छ । विभागले उद्योग मन्त्रालयमा ड्राफ्ट पठाईसकिएको र मन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले निर्णय गर्न बाँकी छ ।

ठूला आयोजना निर्माणका लागि ४३ र ५३ ग्रेडका सिमेन्ट आवश्यक पर्ने भएकाले यी आयोजनामा नेपालमा उत्पादन भएका सिमेन्ट प्रयोग हुँदैन । जलविद्युत, विमानस्थल र तालतलैयामा ड्याम नर्माण गर्दा उच्च ग्रेडको सिमेन्ट आवश्यक पर्ने भएकाले नेपाली सिमेन्ट प्रयोग हुँदैन ।

तर उद्योगीले आयोजनाले माग गरेका आधारमा ५३ ग्रेडको सिमेन्ट पनि उत्पादन हुँदै आएको दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१