भियतनाम र नेपालबीच सीधा हवाइ सम्झौता हुने

२७ बैशाख २०७६, शुक्रबार ११:०९ मा प्रकाशित

काठमाडौँ, २७ बैशाख । नेपाल र भियतनामबीच सिधैँ हवाई सम्पर्कको सम्झौता हुने भएको छ । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसूचीमा भियतनामसँग सिधैँ हवाई सम्झौता गरिने उल्लेख छ ।

समकक्षी गुएन सुआन फुकको निमन्त्रणामा बिहीबार प्रधानमन्त्री ओली भियतनाम पुगेका हुन् । ओली ह नाम प्रान्तमा हुने अन्तर्राष्ट्रिय वैशाख दिवसमा सहभागी हुने छन् । बौद्धमार्गीले निकै महत्वका साथ मनाउने यो दिवस नेपालका लागि बुद्धजन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने अवसर हो ।

नेपालमा सबैभन्दा धेरै पर्यटक आउने १५ देशको सूचीमा भियतनाम पनि पर्ने भएकाले यो देशसँग हवाई सम्झौता आवश्यक रहेको पर्यटन व्यवसायीको भनाई छ । लुम्बिनी नजिकै निर्माणको अन्तिम चरणमा रहेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट सिँधै पर्यटक ओराल्ने गरी सम्झौता हुन लागेको बुझिएको छ । भियतनामबाट अहिले मासिक एक हजार पाँच सयको हाराहारीमा पर्यटकहरु नेपाल आउने गरेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका