१३औँ सागमा आयोजक नेपालबाट ६ सय २५ खेलाडी

२७ बैशाख २०७६, शुक्रबार १०:५२ मा प्रकाशित

काठमाडौँ, २७ बैशाख । आसन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आयोजक नेपालबाट ६ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको १३औँ साग मूल आयोजक समितिको बैठकले सागमा नेपालबाट प्रतिस्पर्धा गर्ने खेलाडी संख्या टुंगो लगाएको हो ।

‘१३औँ सागमा ६ सय २५ नेपाली पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्ने निर्णय भएको छ,’ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले भने । गत माघमा बैंककमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औँ साग मंसिर १५ देखि २४ सम्म गर्ने निर्णय गरेको थियो ।

परिषद्ले सागको तयारीका लागि खेलाडीलाई जेठको पहिलो सातादेखि बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो तथा दोस्रो स्थानमा रहेका खेलाडी सीधै क्लोज क्याम्पमा रहने छन् । साग सुरु हुनु दुई महिनाअघि परिषद्ले खेलाडीको अन्तिम छनोट गर्ने छ ।

सागसम्बन्धी विभिन्न आठ एजेन्डामा छलफल भएका छन् ।

खेलकुदमन्त्री जगत विश्वकर्माको संयोजकत्वमा बसेको बैठकले परिषद्का उपाध्यक्ष तिम्सिनाको संयोजकत्वमा १३औँ सागको बजेट बनाउने कार्यदल निर्माण गरेको छ । कार्यदलमा परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, महालेखाका प्रतिनिधि, खेलकुद तथा अर्थ मन्त्रालयका सहसचिव सामेछल छन् । यस्तै गंगा थापाको संयोजकत्वमा प्राविधिक उपसमिति रहनेछ । यस उपसमितिमा रिम रानाभाट, पार्थ सारथि सेन गुप्ता र नीलेन्द्रराज श्रेष्ठ छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ

काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम