विद्युत नियमन आयोगद्धारा काम सुरु

२७ बैशाख २०७६, शुक्रबार १०:२९ मा प्रकाशित

काठमाडौँ, २७ बैशाख । विद्युत् नियमन आयोगले आफ्नो काम सुरु गरेको छ । आयोगले बिहिबारदेखि विद्युत् विकास विभाग परिसर सानो गौचरनमा कार्यारम्भ गरेको हो । आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम राख्न प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने बताए ।

साथै आयोगले विद्युत् महशुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक र हित संरक्षण गर्न, विद्युत्को बजारलाई प्रतिस्पर्धात्मक तथा विद्युत् सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाउन प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने जनाएको छ ।

सरकारको १० वर्षमा १० हजार मेगावाट आन्तरिक खपतको लागि र निर्यातको लागि पाँच हजार मेगावाट विकास गर्ने लक्ष्य पूरा गर्न आयोगले प्रभावकारी रुपमा नियमनकारी भूमिका निर्वाह गर्ने अध्यक्ष सिंहले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले