अनुष्का श्रेष्ठले पहिरिन ‘मिस नेपाल २०१९’ को ताज

२७ बैशाख २०७६, शुक्रबार ०९:५४ मा प्रकाशित

काठमाडौं, २७ वैशाख । मिस नेपाल वर्ल्ड २०१९ को ताज अनुष्का श्रेष्ठले पहिरिएकी छिन् । आयोजक हिडन ट्रेजरको निरन्तर प्रस्तुती मिस नेपाल २०१९ को बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतियोगीलाई पछि पार्दै उनी मिस नेपाल वर्ल्ड २०१९ को ताज आफ्नो पक्षमा पार्न सफल भएकी हुन् । उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृङ्खला खतिवडाले मिस नेपाल २०१९ को ताज पहिरिदिएकी थिइन् ।

मिस नेपाल २०१९ को अन्य विधामा क्रमश: मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल, मिरा कक्षपति र मिस नेपाल अर्थ रिया बस्नेत रहेका छन् ।

यस्तै अन्य बिधातर्फ़ निशा पाठक, मिस नेपाल कन्फिडेन्ट, रिया बस्नेत मिस पपुलर च्वाइस, प्रदिप्ता अधिकारी मिस ट्यालेन्ट, अनुस्का श्रेष्ठ मिस फ्यासिनो, नितिका कर्माचार्य ब्यूटी विद पर्पोसको जित्न सफल भए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई