जागरण अभियान : नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन

२६ बैशाख २०७६, बिहीबार २३:१७ मा प्रकाशित

काठमाडौँ, २६ वैशाख । नेपाली काँग्रेसले जागरण अभियान नवीन स्वरुपको व्यवस्थित कार्यान्वयन भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा बुधबारदेखि देशभरी शुरु भएको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानले काङ्ग्रेसलाई ऊर्जा मिलेको बताउनुभयो ।

“कार्यक्रमको नवीन स्वरूपको कार्यान्वयनमा कतिपय जिल्लाले शुरुआती अप्ठ्यारो अनुभूत गरेको पाइएपनि अधिकांश जिल्लामा ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको छ”,उहाँले भन्नुभयो । उहाँले हिमालदेखि तराईसम्मका अधिकांश जिल्ला जागरण अभियान एकैसाथ सञ्चालन भए पनि मोरङ, इलामलगायतका जिल्लामा व्यावहारिकताका कारण आजदेखि अभियान प्रारम्भ गरिएको बताउनुभयो ।

प्रवक्ता शर्माले कार्यक्रम स्वरूपको ठोस परिवर्तनले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यससम्बन्धी आवश्यक छलफल र सार्थक बहस प्रारम्भ भएको उल्लेख गर्नुभयो । “उद्घाटन कार्यक्रमको अभिव्यक्तिमार्फत ‘पार्टीलाई नवीन सन्दर्भमा नवीन ढङ्गले सुदृढ गर्दै, वर्तमान सरकार गरेका गल्ती कमजोरी औँल्याउन पार्टी शीर्ष नेतृत्व एवं केन्द्रीय प्रतिनिधिबाट एउटै स्वर र भावना प्रकट भएको छ”, उहाँले भन्नुभयो ।

उहाँले पार्टीको स्थानीय निकाय हुँदै आमजनता समक्ष सम्प्रेषण गर्ने क्रममा दोस्रो दिनबाट अभियान क्षेत्र र गाउँ–नगर तहमा प्रविष्ट भएको बताउनुभयो । काङ्ग्रेसले जागरण अभियानलाई सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा