पतनको मार्गमा अल–कायदा

१८ श्रावण २०६९, बिहीबार १८:१७ मा प्रकाशित

वासिंगटन, १८ साउन । अमेरिकाले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा चरमपन्थी संगठन अल कायदा पतनको मार्गमा उन्मुख भएको जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयद्वारा तयार पारिएको प्रतिवेदनमा ओसामा बिन लादेनको मृत्युपछि अल कायदा निकै कमजोर भएको र पतनको मार्गमा पुगेको उल्लेख छ ।

करिब २२ वर्षदेखि लादेनले अल कायदालाई नेतृत्व दिँदै आएका थिए । अमेरिकी सेनाको विशेष टोलीले गत वर्ष पाकिस्तानी सहर एबोट्टावादमा सैन्य कारबाही गरी लादेनको हत्या गरेको थियो । सो घटनालाई अमेरिकी इतिहासकै एक महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रतिवेदनले चित्रण गरेको छ । लादेनको हत्यापछि अल कायदाका दोस्रो वरीयताका नेता आतिया अब्दुल रहमानको पनि हत्या भएको थियो । यसले अल कायदालाई थप क्षति पुर्‍याएको जनाइएको छ । यद्यपि, अल कायदाबाट कुनै न कुनै रूपमा अमेरिकाको राष्ट्रिय
सुरक्षामा प्रश्न उठ्नसक्ने सम्भावना भने कायमै रहेको प्रतिवेदनमा उल्लेख छ । (सिन्ह्वा)

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो