लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश

२६ बैशाख २०७६, बिहीबार २२:५४ मा प्रकाशित

आम्स्टरड्याम, २६ बैशाख (एएफपी) – बेलायती फुटबल क्लब टोटेनह्याम हट्सपर युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इतिहासमा पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई फाइनलमा पुर्याउन लुकास मौराले डच टीम आयाक्स विरुद्ध ह्याट्रिक गरेका थिए ।
सेमिफाइनलको पहिलो लेगमा एक गोलको अग्रता बनाएको आयाक्सले दोस्रो लेगमा पनि शुरुमै दुई गोल गरेर समग्र अग्रता ३–० बनाएको थियो । विजयको नजिक पुगेर फाइनलमा स्थान बनाउनेमा लगभग ढुक्क भइसकेको आयाक्समाथि लुकास तगारो बनेर देखा परेका थिए ।
जोहान क्रुफ एरेनामा खेलिएको सेमिफाइनलको अतिरिक्त समयको पनि अन्तिममा लुकासले विजयी गोल गरेका थिए ।
आयाक्सका तर्फबाट माथिस डी लिग्ट र हकिम जियेचले मध्यान्तर अघि एकएक गोल गरेका थिए ।
अब आगामी जुन १ तारिखमा स्पेनको म्याड्रिडमा टोटेनह्याम र लिभरपुलबीच फाइनल खेल हुनेछ । लिभरपुलले मङ्गलबार राति खेलिएको निकै प्रतिस्पर्धात्मक खेलमा लियोनेल मेस्सीको बार्सिलोना क्लबलाई ४ गोलले पराजित गरी फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति