लस-एन्जलसबाट एक हजार हातेबन्दुक र राइफल बन्दुक जफत

२६ बैशाख २०७६, बिहीबार २२:५३ मा प्रकाशित

लस-एन्जलस, २६ वैशाख । अमेरिकाको लस एन्जलस शहरबाट सरकारी अधिकारीहरूले एक हजारभन्दा बढी हातेबन्दुक र राइफलहरू जफत गरेका छन् ।

“हामीले ठूलो मात्रामा हातहतियारहरू जफत गरेका छौँ,” एक सरकारी सुरक्षा अधिकारीले भने । ती हतियारहरू सर्वसाधारणका लागि खतरापूर्ण लागेकाले नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

हातहतियारहरू जफत गर्ने क्रममा एक जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको उनीहरूले जनाएका छन् ।

“मैले काम गर्न थालेको अहिले ३१ वर्ष भयो, अहिलेसम्म यति धेरै हातहतियार मैले देखेको थिइन,” एक प्रहरी अधिकारीले पत्रकारहरूसँग भने ।

केही समय अगाडि यस्तै हातहतियारहरूको प्रयोगले हिंसात्मक घटना भएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि खतरा लागेका हातहतियारहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ । अमेरिकामा अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को