प्रधानमन्त्रीको विदेश भ्रमणले भैरहवा विमानस्थलमा ५ घण्टा रोकिए यात्रु

२६ बैशाख २०७६, बिहीबार १६:२० मा प्रकाशित

बुटवल, २६ बैशाख । काठमाडौं उड्न ठिक्क परेको विमानमा चढिसकेका यात्रुलाई ओरालेपछि भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव भएको छ । बिहान ९ः४५ बजेको सौर्य एयरलाइन्सको फ्लाइट ५ घण्टासम्म डिले (ढिलो) भएपछि यात्रु आक्रोशित भएका हुन् ।

सौर्य एयलाईन्सका कर्मचारीसंग यात्रुहरुले आक्रोश व्यक्त गर्दै झगडासमेत गरे । सो विमानबाट काठमाडौं आउने ५० जनाले टिकट काटेका थिए ।

‘बिहान पौनै १० बजेको टिकट थियो, प्रधानमन्त्रीको विदेश भ्रमण भन्दै हामीलाइ विमानको ढोकैबाट ओरालियो’ नवलपरासीका सरोज केसीले भने । यात्रुको समयको कुनै महत्व नदिएको भन्दै विमानस्थलमा यात्रुहरुले बिरोध जनाएका हुन् ।

सौर्य एयरलाइन्सका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणले आन्तरिक उडान प्रभावित भएको भन्दै यात्रुलाई सम्झाई बुझाई गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमणले आकाशको यात्रासमेत रोकिनु निकै दुखद भएको यात्रुहरुको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी