प्रधानमन्त्रीले टालेको प्वालबाट एक किलो ६ सय ग्राम सुन निस्कियो

२६ बैशाख २०७६, बिहीबार १६:१५ मा प्रकाशित

मकवानपुर, २६ बैशाख । मकवानपुर प्रहरीले एक किलो छ सय ४९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा रातोमाटेमा गत वैशाख २३ गते बिहान साढे ३ बजे सुनसहित पक्राउ परेका भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षीय किशोर ल्वागुनलाई प्रहरीले बिहीबार सार्वजनिक गरेका हो ।

काठमाडौंबाट वीरगञ्ज हिडेको ना ८ ख ३७९२ नम्बरको यात्रुबहाक बस चेकजाँचका क्रममा उनलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ल्वागुनको साथबाट दुबै खुट्टाको जुत्ताभित्र पैतलामुनी र पाइन्टको खल्ती लुकाएर राखेको अवस्थामा अवैध रुपमा कर छली गरेर ल्याउँदै गरेको सुन बरामद गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए । बरामद गरिएको सुनको हाल बजारमूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँ छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको टोलीले विषेश सूचनाको आधारमा सुनसहित ल्वागुनलाई पक्राउ गरेको थियो । पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका उनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने जनाईएको छ ।

पार्टी एकिकरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको दिन सकिएको र आफूहरुले सुन आयात हुने प्वाल टाल्दिएको बताएपनि अवैध सुन तस्करी रोकिएको छैन । प्रधानमन्त्रीले यसो भनेपछि मात्रै ३ पटक तस्करीको सुन सहित कारोबारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर