अवरुद्ध राजमार्ग १० मिनेटमै खुलाउने कार्यविधि

२६ बैशाख २०७६, बिहीबार १४:०९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २६ बैशाख । सरकारले राजमार्गमा हुने अवरोधलाई हटाउन नयाँ कार्यविधि ल्याएको छ । गृहमन्त्रालयले विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने काम रोक्न नयाँ कार्यबिधि कार्यन्वयनमा ल्याएको हा ।

कार्यबिधिमा कुनै पनि कारणले राजमार्ग अबरुद्ध भएमा १० मिनेटमा खुलाउन राजमार्गको प्रत्येक २०÷२० किलोमिटरको दुरिमा सशस्त्र प्रहरिका सुरक्षा पोस्ट राखिने उल्लेख छ । प्राकृतिक बिपत तथा बन्द हडतालको कारण सडक बन्द भएमा सम्बन्धित निकायसँग समन्वय गरेर तत्काल खुलाइनेछ । मन्त्रालयले कार्यविधि चैतदेखि कार्यान्वयनमा ल्याएको हो ।

सम्भावित दुर्घटनालाइ लक्षित गरेर सशस्त्रले आठवटा ठूला एम्बुलेन्स खरिद गरेको छ । ठूला एम्बुलेन्ससहित सशस्त्र प्रहरी बलको टोली राजमार्गमा खटिने छ । सशस्त्रले किनेको एउटा एम्बुलेन्समा १० देखि १२ जनासम्म बिरामि अट्नेछन् । हाल सशस्त्र प्रहरीसँग १७ वटा एम्बुलेन्स छन ।

राजमार्गमा हुने दुर्घटना, उद्धार तथा सुरक्षाको जिम्मेवारि सशस्त्र प्रहरी बलले ६९ सालदेखि पाएको हो । सशस्त्रले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा इमिडियट रेसपन्ड टिम खटाउँदै आएको छ । कार्यबिधिमा आबश्यकताको आधारमा राजमार्ग खुलाउन सिडिओले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सेना परिचालन गर्न सक्ने समेतको ब्यबस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल