व्यसायी चेपेर प्रधानमन्त्री ओली विदेश तिर

२६ बैशाख २०७६, बिहीबार १४:०१ मा प्रकाशित

काठमाडौँ, २६ बैशाख । साताब्यापी विदेश भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नीजि क्षेत्रका व्यापारी पनि साथमै गएका छन् । भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओलीसँगै विभिन्न व्यवसायी संघ संगठनका नेतासहित एक दर्जन ब्यापारीहरु सहभागी छन् ।

टोलीमा उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष एवम् भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोर, परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, एफएनसीसीआईका उपाध्यक्ष चन्द्र ढकाल, नेपाल भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरी पनि छन् । नेपाल भ्रमण वर्ष २०२०का राष्ट्रिय संयोजक सुरज वैद्य पनि टोलीमा समावेश भएका छन् ।

नेपाल भियतनाम चेम्बर अफ कमर्सका सदस्य दिनेशप्रसाद श्रेष्ठ, पर्यटन व्यवसायी राजु ढकाल, शशीधर शर्मा, चेम्बर सदस्य दीपक पोखरेल पनि टोलीमा अटाएका छन् । लगानी वोर्डका सदस्य वालकृष्ण शिवाकोटी पनि टोलीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने