अपिनाम्पा नयाँ महत्वपूर्ण पंक्षी क्षेत्र

१८ श्रावण २०६९, बिहीबार १७:५७ मा प्रकाशित

काठमाडौं, १८ साउन । दार्चुलाको उत्तरी क्षेत्रमा रहेको अपिनाम्पाको जंगल नयाँ महत्वपूर्ण पंक्षी क्षेत्र घोषणा हुने भएको छ । यसको लागि नेपाल पंक्षी संरक्षण संघ(बिसिएन)ले विस्तृत अध्ययन गरिरहेको छ । सात महिना अघि बिसिएनले गरेको त्यस क्षेत्रको पंक्षी सर्भेक्षणबाट दुई सय ४३ प्रजातिका पंक्षी रहेको पत्ता लागेको थियो ।

अपिनाम्पाको महाकाली र चमेलिया क्षेत्रमा महत्वपूर्ण पंक्षी भेटिएको र वासस्थान राम्रो भएकोले नयाँ महत्वपूर्ण पंक्षी क्षेत्र थप्ने तयारी भैरहेको बिसिएनले जनाएको छ । ‘अरु महत्वपूर्ण पंक्षी संरक्षित क्षेत्रमा जस्तै राम्रो वासस्थान र धेरै प्रकारका पंक्षी पाइएकोले अपिनाम्पालाई नयाँ महत्वपूर्ण पंक्षी क्षेत्र घोषणा गर्नेबारे अध्ययन भैरहेको छ’ बिसिएनका संरक्षण अधिकृत ज्योतेन्द्र ठकुरीले भने । उनकाअनुसार लोपोन्मुख पंक्षी पाईने, वासस्थान राम्रो भएको, एकै प्रकारका धेरै पंक्षी पाइृने लगायतका महत्वपूर्ण पंक्षी क्षेत्र घोषणाको लागि चाहिने शर्त अपिनाम्पामा भएको बताए । अपिनाम्पा महत्वपूर्ण पंक्षी क्षेत्र घोषणा भएमा नेपालका यस्ता क्षेत्र २८ ओटा पुग्नेछन् । हाल नेपालमा २७ ओटा महत्वपूर्ण पंक्षी संरक्षित क्षेत्र छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

सुर्खेत । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदा भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिँदा आठ वर्षअघि यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न पाँच सदस्यीय समिति बनेको छ

रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित हुनुभएको छ । हरियाली बनेको मकैखेतीमा किराले सताउन