दोस्रो विश्वयुद्धको सम्झनामा रुसी सांस्कृतिक केन्द्रमा काव्यिक साँझ

२५ बैशाख २०७६, बुधबार २२:१९ मा प्रकाशित

काठमाडौँ, २४ वैशाख । दोस्रो विश्व युद्धमा नाजी जर्मनीविरुद्ध रुसले विजय प्राप्त गरेको दिनको सम्झनामा आज आयोजित काव्यिक साँझमा यहाँस्थित रुसी सांस्कृतिक केन्द्रमा आज स्मरण गरिएको छ । युद्धकालीन पीडा र असर झल्काउने क्रान्तिकारी कविता, गीत र सङ्गीतको नेपाली अनुवादसहित प्रस्तुति गरिएको थियो । त्यहाँका चर्चित गायक युसिफ काब्जोनको उहाँका भाषा र स्वरमा विभिन्न राष्ट्रभक्तिका गीतको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो ।

काब्जोन ८० वर्षमा पुगेका बेला गरिएको एकल प्रस्तुति, जहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपतिसँगै बसेर हेरेको देखाइएको थियो । गीतको नेपाली भावानुवाद नेपाल रुस साहित्य समाजका अध्यक्ष डा जङ्गब चौहानले गर्नुभएको थियो । काव्जोनका ‘पर्खिरहनेछु’, ‘काम हाम्रो सामान्य छ’, ‘सारसहरु’, ‘अँधेरी रात’, ‘अन्तिम युद्ध’, ‘पलहरु’ बोलका गीतको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो ।

यसैगरी गायक जुजुकाजी रञ्जितले गोपाल योञ्जनको एक गीत र रामबहादुर पहाडीले गजल वाचन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्वयुद्धका बाछिटा र सङ्कटको असरको पेलान र प्रभावबाट नेपाल पनि अछुतो नरहेको बताउनुभयो ।

रुसी केन्द्रका उपनिर्देशक अलेक्सा कोल्थाराबले दोस्रो विश्वयुद्धमा रुसी जनताले देखाएको साहस अविस्मरणीय रहेको बताउनुभयो । कार्यक्रममा चौहानले तयार गरेको ‘डकुमेन्ट्री’ ‘ट्रान्स साइबेरियनः ड्रिम अफ लाइफटाइम’ को प्रदर्शनी पनि भएको थियो । सन् १९३९ जुन २२ देखि १९४५ मे ९ सम्ममा दोस्रो विश्वयुद्ध भएको थियो । युद्धका क्रममा विश्वका शक्ति राष्ट्रहरु आपसमा विभाजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो