मेक्सिकोमा जेट दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टी

२५ बैशाख २०७६, बुधबार २२:१३ मा प्रकाशित

मेक्सिको, २५ बैशाख (एएफपी) – मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् ।

अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो ।

विधिचिकित्सकहरुले बिमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताउनुभयो । उहाँले मृत्यु भएका व्यक्तिमध्ये सात जनाकोे शरीर सग्लो स्वरुपमा भएपनि जलेको अवस्था रहेको तथा अरु छ जनाको शरीर टुक्राटुक्रा भएको पनि उहाँले जानकारी दिनुभयो ।

नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गत आइतबार सम्पर्क बिहीन भएको थियो । उनीहरुले मौसम खराब भएका कारण बिमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।
––

प्रतिक्रिया
सम्बन्धित खवर

अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको

खार्तुम । सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर

काठमाडाैँ । आज अक्टोबर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

आजको प्रमुख समाचार