२५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘लुम्बिनी भ्रमण बर्ष’ मनाउदै प्रदेश नम्बर पाँच

२५ बैशाख २०७६, बुधबार १७:१० मा प्रकाशित

काठमाडौँ, २५ बैशाख । प्रदेश नम्बर ५ सरकारले २५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘लुम्बिनी भ्रमण बर्ष २०७६’ आयोजना गर्ने भएको छ । प्रदेशका उद्योग, पर्यटन, बन तथा वातवरण मन्त्री लिला गिरीका अनुसार विश्व भरीका बौद्ध धर्मावलम्बीहरुलाई बुद्ध दर्शनको उद्गम स्थल लुम्बिनी हो भनेर जानरी गराउन भ्रमण वर्षको आयोजना गर्न लागिएको हो ।

भ्रमण बर्षमा मायादेबी प्रसुती उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर महोत्सव, मासिक फूल मुन डे, धार्मिक यात्रा र त्रिपिटक वाचन, स्थानीय उत्पादनहरुको बिक्री कक्ष रहने आयोजकले जानकारी दिएको छ । भ्रमण वर्षपछि लुम्बिनी आउने पर्यटकको बसाई अवधि लम्बिने आयोजको विश्वास छ ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी मात्रै नभई प्रदेशै भरीका पर्यटकीय गन्तव्यको विकासका लागि भ्रमण वर्ष मनाउन लागिएको जानकारी दिए । काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले विदेशीभन्दा पनि स्वदेशी पर्यटकलाई तान्न यो भ्रमण वर्षको आयोजना गर्न लागिएको हो ।

भ्रमण बर्षको औपचारिक उद्घाटन जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । यो भ्रमण वर्षले सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण वर्षलाई पनि सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा भ्रमण वर्षका लागि चार करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी