सार्बजनिक खरिद ऐन संशोधन गर्न अर्थ समितिको सुझाव

२५ बैशाख २०७६, बुधबार १२:१७ मा प्रकाशित

काठमाडौँ, २५ बैशाख । संसदको अर्थ समितिले सरकारलाई बजेट कार्यक्रम सम्बन्धि प्रतिवेदन पेश गरेको छ । बुधबारको बैठकमा समितिले अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धि प्रारम्भिक प्रतिवेदन पेश गरेको हो ।

समितिले केन्द्र, प्रदेश र स्थानीय तहसम्म पुगेर गरेको छलफलको क्रममा प्राप्त सल्लाह सुझावलाई आधार मानेर प्रतिवेदन पेश गरिएको जनाएको छ । प्रतिवेदनमा सार्बजनिक खरिद ऐन संशोधन गर्नु पर्ने, राम्रो काम गर्ने प्रदेश र स्थानीय तहलाई बढी बजेट दिनु पर्ने, बजेट कार्यन्वयनलाई थप प्रभावकारी बनाउनु पर्ने, श्रोतको सुनिश्चितता गरेर मात्र कार्यक्रम ल्याउनु पर्ने लगायतका सुझाव छन् । त्यस्तै सहकारी क्षेत्रमा पिपिपि मोडल लागु गर्नु पर्ने, कृषिका समस्या समाधान गर्नु पर्ने, उद्योगको संरक्षण र प्रवर्द्धन गर्नु पर्ने, पूर्वाधारमा प्राथमिकता दिनु पर्ने, राजश्व संकलनलाई ब्यबस्थित गर्नु पर्ने लगायतका सुझाव समितिले दिएको छ ।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री खतिवडाले श्रोतले भ्याएसम्म जनताका मागहरु समाबेश गरिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी