अन्तरजातीय विवाह गर्दै प्रोत्साहन रकम लिँदै

१८ श्रावण २०६९, बिहीबार १७:४१ मा प्रकाशित

काठमाडौ, १८ साउन । अन्तरजातीय विवाह गर्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ । अन्तरजातीय विवाह गरेवापत आर्थिक वर्ष २०६६/६७ अवधिभर जम्मा २०५ जोडीले सरकारबाट प्रोत्साहन रकम प्राप्त गरेका थिए भने हालसम्म ७९० जोडीले सो रकम प्राप्त गरिसकेका छन् । आर्थिक वर्ष २०६६/०६७ को बजेट वक्तव्यमार्फत तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले सो कार्यक्रम ल्याउनुभएको थियो ।
गृह मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी ११० (कैलाली) र सबैभन्दा कम एक (डोटी) जिल्ला प्रशासन कार्यालयबाट अन्तरजातीय जोडीले सो रकम प्राप्त गरेका छन् । सोलुखुम्वु, रामेछाप, रौतहट, मनाङ, मुगु, डोल्पा, अछामलगायतका जिल्लाहरूबाट अहिलेसम्म एउटा पनि अन्तरजातीय विवाह दर्ताका निवेदन नआएको गृह मन्त्रालयबाट थाहा भएको छ ।
प्रोत्साहन रकम पाउने प्रक्रिया अत्यन्त झन्झटिलो भएकोले  सो रकम प्राप्त गर्न कठिन भएको गुनासो सुनिएको छ । अन्तरजातीय विवाह गर्ने बुटवलका सागर घिमिरे र सुनिता विकले रकम वितरण कार्यविधि झल्झटिलो भएकोले रकम पाउन कठिन भएको बताए ।
यस्तै अन्तरजातीय विवाह गरेका दैलेखका सन्तबहादुर दमाई भन्छन् –“दुवै जना २० वर्ष पुगीसकेको हुनुपर्ने, नागरिकतासँगै विवाह दर्ता पनि  हुनुपर्ने र केटा पक्षका दुई जना आफन्त र केटीको माइती पक्षका दुई जना साक्षी बस्नुपर्ने झन्झट रहेछ, रकम पनि सुरुमा पचास हजार  र पछि दश हजारका दरले महिना महिना गरेर किस्ताबन्दीमा दिइदो रहेछ ।”
जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई संरक्षण र प्रोत्साहन स्वरूप एक लाख प्रदान गर्ने कुरा सकारात्मक भएपनि विवाहपछि ती जोडीहरू गाँउबाट विस्थापित हुनुपर्ने, सुरक्षाको हिसावले आफु र आफ्नो परिवारले खतरा मोल्नुपर्ने हुँदा उनीहरूको विवाह पछि आउने समस्यालाई सरकार र राज्यले सामाजिक रूपमै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
आर्थिक वर्ष २०६८र६९ मा प्रोत्साहन रकमले निरन्तरता नपाएको सन्दर्भमा तीन महिनासम्म सो रकम वितरण कार्य रोकिएको थियो । व्यवस्थापिका–संसद, महिला, बालबालिका र समाज कल्याण समितिअन्र्तगत ‘जातीय भेदभाव छुवाछुत समस्या साधानका उपाय’ अध्ययन गर्न गठित उपसमितिको आग्रहमा त्यसलाई पुनः निरन्तरता दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको