विदेशबाट फर्केकालाई ५ प्रतिशतमा ऋण

२४ बैशाख २०७६, मंगलवार १८:५३ मा प्रकाशित

काठमाडौँ, २४ बैशाख । सरकारले वैदेशिक रोजगारबाट फर्केकालाई लक्षित गरी ल्याएको सहुलियत कर्जा एनएमबी बैंकले प्रदान गर्ने भएको छ । रिटर्नी माईग्रेन्ट नेपाल र राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा बैंकले सहुलियत ऋण प्रदान गर्ने भएको हो ।

सहुलियतपूर्ण कर्जा प्रवाहका लागि रिटर्नी माईग्रेन्ट नेपाल, एनएमबी बैंक र राष्ट्रिय युवा परिषदबीच त्रिपक्षिय समझदारी भएको छ । समझदारी अनुरुप युवा परिषदको समन्वयन र रिटर्नी माईग्रेन्ट नेपालको सिफारिसमा एनएमबी बैंकले कर्जा प्रदान गर्नेछ । बैंकले अधिकतम १० लाखसम्म परियोजना धितोमा कर्जा प्रदान बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको भनाई छ । बैंकले प्रदान गर्ने ऋणमा ५ प्रतिशत अनुदान सरकारले तिर्नेछ ।

उनका अनुसार सुरुवाती चरणमा एक हजारको लागि १ अर्ब ऋण प्रवाह गर्नेछ । रिटर्नीहरुसँग सीप, क्षमतासँगै अप्ठेरोमा काम गरेको अनुभव भएकोले पनि आफूहरु लगानी गर्न तयार भएको केसीको भनाई छ ।

विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने उदेश्यका साथ रिटर्नी माईग्रेन्टले यस कार्यको थालनी गरेको अध्यक्ष उत्तम अधिकारीले बताए । सरकारले सहुलियत कर्जा लिनको लागि खुल्ला गरेको आवेदनसँग रिटर्नी माईग्रेन्टको कुनै सम्बन्ध छैन । तर उक्त आवेदनमा समावेश भएकाले चाहेमा पनि यस संस्था मार्फत कर्जा लिन सक्ने अधिकारीको भनाई छ । हालसम्म यस कार्यलयको २१ वटा जिल्ला समिति र ५ वटा प्रदेश समिति स्थापना भैसकेका छन् । स्वदेश फिर्ता भएकाले जुनसुकै स्थानबाट कर्जाको लागी आवेदन दिन सक्ने छन् ।

सरकारको पोलेसिलाई कार्यन्वयन गर्न यो सम्झौता भएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलको भनाई छ । विभिन्न तालिम, परामर्श प्रदान गरि ऋण लिन योग्य बनाएर मात्रै ऋण दिने योजना रहेको छ । सुरुवाती समयमा एनएमवी बैंकसँग सहमति गरेपनि आगामी दिनमा सरकारी तथा निजी बैंकहरुसँग समन्ययन गर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१