हाम्रो नेतृत्वमा सहमतीय सरकार बन्नुपर्छ : भुषाल

१८ श्रावण २०६९, बिहीबार १७:२६ मा प्रकाशित

काठमाडौं, १८ साउन । नेकपा–माओवादीका प्रवक्ता पम्फा भुषालले आफुहरुको नेतृत्वमा सहमतिय सरकार बन्नु पर्ने बताएकी छिन् । उनले काग्रेस वा एमालेको नेतृत्वमा सहमतीय सरकार बन्न समभावना नदेखिएको जिकीर गर्दै भुषालले नेकपा–माओवादीको नेतृत्वमा सरकार बन्नु पर्ने बताइन ।

रफत सञ्चार क्लबले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भुषालले विगतमा असफल भइसकेका पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने जिकीर गरिन । उनले गोलमेच सम्मेलनबाट हुने सहमतिको आधारमा देशभक्त, वामपन्थि, गणतन्त्रबादीहरुको नेतृत्वमा राष्ट्रिय सरकार बन्नु पर्ने बताउनु भयो । नेकपा माओवादीले सवहरा वर्गको नेतृत्व गरिरेहेको भन्दै उहाँले राष्ट्रिय सरकारको नेतृत्व नेकपा(माओवादीले गर्न तयार रहेको बताउनु भयो ।
माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईका कारण संविधान र देश अन्यौलको अवस्थामा पुगेको भन्दै उहाँले वर्तमान सरकार भारत परस्त भएका आरोप समेत लगाएकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस