बाबुरामलाई उपेन्द्रले खुवाए पार्टी सदस्यको शपथ

२४ बैशाख २०७६, मंगलवार १६:१२ मा प्रकाशित

काठमाडौँ, २४ बैशाख । समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवबाट शपथ ग्रहण गरेका छन् । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भई बनेको समाजवादी पार्टी, नेपालको पहिलो पूर्ण बैठकमा शपथ ग्रहणको कार्यक्रम थियो ।

पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा उपप्रधानमन्त्री उपेन्द्रले बाबुरामसहित केन्द्रीय समितिका ४ सय ३० सदस्यलाई शपथग्रहण गराएका हुन् ।

उपेन्द्र पार्टी अध्यक्ष हुन् भने बाबुराम संघीय परिषद् अध्यक्ष हुन् । पार्टीको आधारपत्रमा केन्द्रीय समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ । उपेन्द्रले कार्यकारी अध्यक्षका हैसियतले बाबुरामसहित वरिष्ठ नेता अशोक राईलाई शपथ गराएका हुन् ।

बैठकमा केन्द्रीय समितिका ८० वर्षीय बृद्ध नेता प्रेमकृष्ण पाठकले उपेन्द्रलाई पहिला शपथग्रहण गराएका थिए । लगत्तै यादवले सबै नेतालाई शपथग्रहण गराएका हुन् ।

बैठकमा उपेन्द्रले नेपाली भाषामा लेखिएको शपथग्रहण पढेर अरूलाई वाचन गर्न आग्रह गरे पनि परिषद् अध्यक्ष बाबुराम र वरिष्ठ नेता अशोक राईले शपथको भाषा वाचन गरेनन् ।

मञ्चमा बसेका सबैले उठेर शपथ लिए । तर, बाबुराम र अशोकले भने यादवले वाचन गरेको शपथ वाचन नगरी उभिइरहे । यादवको निर्देशनअनुसार उनीहरुले छातीमा हात भने राखेका थिए ।

उपेन्द्रले शपथको बेहोरा वाचन गर्दा अरु केन्द्रीय सदस्यले उनलाई पछ्याए । बाबुराम र अशोक भने नबोली हातमा भएको शपथको बेहोरा हेरेर उभिरहे ।

शपथग्रहण सकिएपश्चात बाबुराम र राईले आफ्नो नाम र पद लेखेर शपथग्रहणको बेहोरामा हस्ताक्षर गरेर बुझाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका