पोखरा विमानस्थलमा जाइरोकोप्टर दुर्घटना

२४ बैशाख २०७६, मंगलवार १५:५७ मा प्रकाशित

पोखरा, २४ बैशाख । पोखरा विमानस्थलमा हेलि एयरको जाइरोकोप्टर दुर्घटनाबाट जोगिएको छ । अवतरणका क्रममा ओभर रन हुँदा जाइरोकोप्टरमा आंशिक क्षति पुगेको छ ।

मंगलबार पौने दुई बजे यात्रु लिएर साइट सिनका लागि उडान गरिएको जाइरोकोप्टर पोखरा विमानस्थलमा अवतरणका क्रममा ओभर रन भइ धावनमार्गभन्दा पर पुगेको विमानस्थलका प्रमुख भोला प्रसाद गुरागाईंले बताए । उनका अनुसार सवार चालक र यात्रु सकुशल छन् ।

उक्त जाइरोकोप्टरमा चालक फ्रान्सेली नागरिक एरिक र यात्रु अविनाश भट्टचन रहेका थिए । साइटसिइङका लागि उडान गरिने जाइरोकोप्टरमा चालकसहित दुई जनाको मात्रै क्षमता हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१