प्रतिपक्षीको अवरोधकाबीच नीति तथा कार्यक्रम पारित

२४ बैशाख २०७६, मंगलवार १५:४८ मा प्रकाशित

काठमाडौँ, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच नीति तथा कार्यक्रम पारित भएको छ । सरकारको नीति तथा कार्यक्रमामाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदा प्रधानमन्त्रीले संसदमा संसदीय मर्यादा पालना नगरेको भन्दै काङ्ग्रेले नाराबाजी गरेको थियो ।

नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍नको वेवास्ता गर्नेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको हो । प्रधानमन्त्रीले भनेका थिए, ‘म यहाँ केही आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍न छोडेर अन्य प्रश्‍नको जवाफ दिन्छु ।’

सभामुख कृष्णबहादुर महराले पटक–पटक बस्‍न आग्रह गरे पनि कांग्रेसले नाराबाजी जारी राखेको हो । त्यसपछि प्रधानमन्त्री आफैंले भने,‘प्रश्‍नको जवाफ चाहिएको छ कि छैन’ भन्दै नाराबाजी गरिरहेका सांसदहरुलाई प्रश्‍न गरेका थिए ।

प्रतिपक्षीले नाराबाजी कायम राखेपछि सभामुखले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी