नीति कार्यक्रममा ‘मेरो सरकार’ शब्दावली जानीजानी राखिएको होः प्रधानमन्त्री

२४ बैशाख २०७६, मंगलवार १५:०७ मा प्रकाशित

काठमाडौँ, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द जानीजानी राखिएको प्रष्ट पारेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले भने, ‘भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सो शब्द प्रयोग गर्न लगाईएको भन्दै टिप्पणी गरेका थिए । देउवाको टिप्पणी लक्षित जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘अलिकति त्यो शब्दावली उपयुक्त भएन कि । बेलायत हाम्रो मित्रराष्ट हो र नकारात्मक टिप्पणी गर्नु बान्छनिय हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१