गोरखापत्रका कर्मचारीको पेन्सन रोक्ने सञ्चारमन्त्री बास्कोटाको चेतावनी

२४ बैशाख २०७६, मंगलवार १३:२१ मा प्रकाशित

काठमाडौँ, २४ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले गोरखापत्र संस्थानको काम कारवाहीप्रति असन्तुष्टि जनाएका छन् । उनले काममा सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनीसमेत दिए ।

गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै मन्त्री बास्कोटाले त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत रहन आग्रह गरे । गोरखापत्र प्रकाशनको ११९ औं वर्ष प्रवेश तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पेन्सन खाने तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने योजना पनि अघि सारे ।

गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बास्कोटाले त्यसलाई भत्काएर नयाँ भवन निर्माण गर्ने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।