बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

२३ बैशाख २०७६, सोमबार २२:१६ मा प्रकाशित

लण्डन, २३ वैशाख (एएफपी)। बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उहाँकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराउनुभएको थियो ।

सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिनु भएका राजकुमार ह्यारीले आफू आजदेखि पिता भएको बताउनुभएको थियो ।

उहाँले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि जानकारी दिनुभयो ।

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उहाँहरूले गत वर्ष वैवाहिक जीवनमा परिणत गर्नुभएको हो ।

अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या