नगर मेयर कप : पोखरालाई उपाधि

२३ बैशाख २०७६, सोमबार २२:०३ मा प्रकाशित

विदुर, २३ वैशाख । विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितको छ । आज भएको फाइनल खेलमा पोखरा महानगरपालिकाले नुवोकोटको विदुर नगरपालिकालाई २–० गोलले पराजित गरेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा पोखराका लागि विमल राना र दिपेश आलेले गोल गरेका थिए । शुरुआतदेखि नै खेल प्रतिस्पर्धात्मक बनेको थियो । खेलको म्यान अफ दी म्याच विदुरका गोविन्द रिमाल भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

उपाधिसँगै पोखराले रु तीन लाख, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता विदुरले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी विदुर नगरपालिकाका महेन्द्र तामाङ भए । उनले रु १५ हजार पुरस्कार पाए । उदीयमान खेलाडी पोखराका टिका गुरुङ र सर्वाधिक गोलकर्ता नुवाकोटका आशिष लामा भए । दुवै जनाले जनही रु १० हजार प्राप्त गरे । विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकूद विकास समिति र नुवाकोट फुटबल सङ्घको संयोजनमा भएको प्रतियोगितामा दुई महानगरपालिका तथा ६ नगरपालिकाको टोलीले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल