आयोगले निरकुङ्श शैलीमा कारबाही गर्दैन : बोहरा

१८ श्रावण २०६९, बिहीबार १७:१५ मा प्रकाशित

काठमाडौं, १८  साउन । एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी अनुशासन आयोगले निरंकुश शैलीमा कसैलाई पनि कारबाही नगर्ने स्पष्ट पारेका छन् । उनले पार्टीमा असन्तुष्ट देखिएको जनजाति नेताहरूलाई स्पष्टीकरण सोधिए पनि उनीहरुलाई निरंकुश शैलीका कारबाही नहुने स्पष्ट पारेका हुन् ।
आयोगले दुई साताअघि उपाध्यक्ष अशोक राईलगायतका केन्द्रीय नेतासँग पार्टीले लिएको साझा पहिचानसहितको सात प्रदेशको निर्णयमा सार्वजनिकरूपमा असन्तुष्टि जनाई अलग विचार समूह बनाएपछि स्पष्टीकरण सोधिएको थियो।
अध्यक्ष बोहराले कतिपय नेताहरू उपत्यका बाहिर रहेकाले अझै पत्र बुझ्ने काम पूरा नभएको र कतिपयबाट जवाफ आउन थालेको बताए। उनले भने, ‘हामीले पार्टीलाई नीति र अनुशासनमा राख्ने ध्येयले पत्राचार गरेका हौं, स्पष्टीकरण सोधिनुलाई निरङ्कुश शैलीको कारबाहीका रूपमा लिन मिल्दैन, हामीले त्यस ढङ्गले कारबाही गर्दैनौं।’
अध्यक्ष बोहराले अनुशासनको कारबाहीका लागि निश्चित विधि, प्रक्रिया र मापदण्ड भएकाले पत्राचार भएकै आधारमा कारबाहीको तहमा प्रचार हुनु अनाश्वयक भएको पनि बताए।
असन्तुष्ट नेताहरूले भने आयोगको निर्णयलाई निरङ्कुश शैलीको कारबाहीको तयारी भनी आलोचना गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा