कोटेश्वरमा शंकास्पद झेला, सवारी आवागमन नै प्रभावित

२३ बैशाख २०७६, सोमबार १९:०५ मा प्रकाशित

काठमाडौं, २३ बैशाख । काठमाडौंको कोटेश्वरमा शंकास्पद वस्तु भेटिएको छ । कोटेश्वरस्थित मुनिभैरव नजिकैको पार्किङमा शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद बस्तु भेटिएपछि प्रहरी र नेपाली सेनाको टोली पुगेको छ । स्कुल ब्याग भेटिएको र त्यस भित्र शंकास्पद वस्तु रहेको हुन् सक्ने अनुमान गरिएको छ ।

शंकास्पद बस्तु भेटिएकोले त्यस स्थानको सडक खाली गराईएको छ । जसका कारण पिक अवारमा सवारी आवागमन प्रभावित भएको छ । महानगरीय ट्राफिक प्रहरीले कोटेश्वर( भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ भने ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१