गणतन्त्र दिवस दीपावली सहित मनाइने, टुँडिखेलमा हेलिकप्टरबाट पुष्प वृष्टि गरिने

२३ बैशाख २०७६, सोमबार १८:५९ मा प्रकाशित

काठमाडौँ, २३ बैशाख । सरकारले जेठ १५ गते गणतन्त्र दिवस विशेष रुपमा मनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।

दिवसलाई नागरिकको उत्सवको रुपमा मनाउने गरी दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले नागरिकको त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको सम्पत्ति भएकाले त्यसलाई नागरिकस्तरमै मनाउने गरी तयारी गर्न आग्रह समेत गरे ।

कार्यक्रमअनुसार गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते काठमाण्डौको टुँडिखेलस्थित सैनिक मंचमा विशेष कार्यक्रम आयोजना गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस–२०७६’ लेखिएको ब्यानर प्रर्दशन गर्दै पुष्प वृष्टि गर्ने कार्यक्रम रहेको गृह सचिव प्रेमकुमार राईले जानकारी दिए ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्काउटले मार्च पास गर्ने, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरुले पनि सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने र साँझ दिपावली गरिनेछ ।

गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते सबै तहको सरकारले आफ्ना कार्यालयहरुमा राष्ट्रिय झण्डा र ब्यानर सजाउने छन् । दिवसका अवसरमा नागरिकलाई घरघरमा दिपावली गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।