संविधान संशोधन नभए सरकार छोड्छौँः डाक्टर भट्टराई

२३ बैशाख २०७६, सोमबार १८:२३ मा प्रकाशित

काठमाडौँ, २३ बैशाख । नवगठीत समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान संशोधन नभए सरकार छोड्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेको समाजवादी पार्टीले जुनसुकै बेला सरकार छोड्न सक्ने चेतावनी दिए ।

‘हामीले सरकार, संसद र सडकलाई आन्दोलनको मोर्चा बनाएका छौं तर सरकार प्राथमिकतामा छैन,’ भट्टराईले भने, ‘संविधान संशोधन भएन भने जतिबेला पनि सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउन सक्छौं ।’

बाबुराम नेतृत्वको नयाँ शक्तिसँग एकता हुनुअघि नै तत्कालीन संघीय समाजवादी फोरम केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । भट्टराईले प्रदेश नम्बर दुईमा रहेको आफ्नो पार्टी नेतृत्वको सरकारलाई ढाल्ने प्रयास भए सफल हुन नदिने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१