राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा विरोध गर्नेहरु सामन्ती हुनः प्रधानमन्त्री

२३ बैशाख २०७६, सोमबार १४:४८ मा प्रकाशित

काठमाडौँ, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ भनेको विषयमा विरोध गर्नेहरु सामन्ती भएको टिप्पणी गरेका छन् । राज्यको सर्वोच्च निकायले मेरो सरकार भन्न पाउने ओलीको भनाई छ ।

सोमबार सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसबाट निर्वाचित भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भारतीय जनता पार्टीको सरकारलाई पनि पटक–पटक मेरो सरकार भन्ने गरेको सुनाए ।

बुधबार राष्ट्रपति विद्या भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ शब्दावली उच्चारण गरेकोप्रति सर्वत्र आलोचना भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार