बालुवाटार जग्गा प्रकरणमा संलग्नता पुष्टि भए कारबाही भोग्छुः पौडेल

२३ बैशाख २०७६, सोमबार १४:३९ मा प्रकाशित

काठमाडौँ, २३ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा प्रकरणमा आफू निर्दोष भएको दाबी गरेका छन् । सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा पौडेलले ललिता निवास परिसरको जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार रहेको बताएका हुन् ।

‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस् दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु’ उनले भने ‘र म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।’

सरकारले व्यक्तिको नाममा गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वको एवं सार्वजनिक जग्गा सरकारको नाममा फर्काउन चालेको कदमको स्वागत गर्ने पनि नेता पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१