फोरम र नयाँ शक्ति एक, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन मुख्य मुद्दा

२३ बैशाख २०७६, सोमबार १४:२४ मा प्रकाशित

काठमाडौँ, २३ बैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक डाक्टर बाबुराम भट्टराईले सोमबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ  । सहमति पत्रमा नौ वटा बुँदा छन् ।

नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ । संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागलाई पार्टीले प्रमुख मुद्दा बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने