दुई महिना नपुग्दै विग्रिए महानगरका ब्रुमर, साढे चार लाख रुपैयाँ मर्मतै स्वाहा !

२३ बैशाख २०७६, सोमबार १४:१३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २३ बैशाख । काठमाडौं महानगरपालिकाले सडकको धुलो सफा गर्न ल्याएका ब्रुमर (यान्त्रीक कुचो) विग्रिएका छन् । सडक बढार्न ल्याईएका ब्रुमर विग्रेपछि महानगरले मर्मतमा मात्रै ३५ सय युरो खर्चेको छ । करिब २ महिना अगाडी ल्याएका ब्रुमर बिग्रेर मर्मत गर्दा हालसम्म नेपाली रुपैयाँ ४ लाख ३३ हजार ९० रुपैयाँ सकिएको छ । तर सडकको धुलो भने जत्तिको त्यत्ति छ ।

महानगरले ब्रुमर चलाउन योग्य सडक नभएका कारण चाँडै विग्रने गरेको प्रतिक्रिया दिएको छ । सडकका कारण प्रत्येक एक÷एक महिनामा ब्रुमरको कुचो फेर्नुपर्ने महानगरले जनाएको छ । बीच भागको एउटा कुचो फेर्दा ३३० युरो र दायाँ बायाँ फेर्दा दुई सय युरो लाग्छ । कहानगरसँग भएका ५ वटै ब्रुमर २ महिनापनि नपुग्दै विग्रेर पाटपुर्जा फेरिसकेको छ ।

ब्रुमरले १ घण्टामा साढे ८ लिटर इन्धन खपत गर्छ । दैनिक ८ घण्टा सञ्चालन हुने ब्रुमरले प्रत्येक रात ८ देखि १० टन धुलो सफा गर्ने दाबी गरिएको थियो । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले राजधानीका सबै सडक ब्यवस्थित भएपछि मात्रै ब्रुमर ल्याउने भनिएपनि त्यो काम कुरेर बस्दा ढिलो हुने भएकाले चाँडै ल्याईएको हो ।

अहिले सञ्चालनमा रहेक ५ वटा ब्रुमरका लागि २५ जना कर्मचारी खटाईएको छ । महानगरले थप ४ वटा ब्रुमर ल्याउने तयारी पनि अगि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ