सरकारको निती कार्यक्रमले उड्ययन क्षेत्रलाई छोएन

२३ बैशाख २०७६, सोमबार १३:३४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २३ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रममा सबैजसो निजी क्षेत्र रुष्ट बनेका छन् । पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने होटल, ट्रेकिङ लगायतका क्षेत्रले सरकारको शुक्रबार ल्याएको नीति तथा कार्यक्रम उत्साहित बनाउने किसिमको नभएको भनिरहेका बेला उड्ययन क्षेत्रले पनि सोही कुरा दोहोर्याएको छ ।

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले सरकारले अन्य देशसँग हवाई सम्झौता गर्ने भनेर नीति तथा कार्यक्रम ल्याएपनि युरोपको कालोसूचीबाट हटाउन कुनै कार्यक्रम नल्याएको बताएको छ ।

बुद्धका निर्देशक रुपेश जोशीले सरकारले नेपालको उड्ययन क्षेत्रलाई युरोपको कालोसूचीबाट हटाउन यथेष्ट पहल गर्नुपर्ने बताएका छन् । अन्यदेशसँग पनि हवाई सम्झौता गरिने भनेर नीति कार्यक्रम आएपनि नेपालको उड्ययन क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउने नीति नआएको उनको भनाई छ ।

बुद्ध एयरले आगामी मे २७ बाट भारतको कोलकत्तामा उडान सुरु गर्दैछ । अहिले भारतलाई विशेष प्राथमिकता बजारका रुपमा हेरेर आगामी अगष्टबाट गुवाहाटीमा समेत उडानको तयारीमा रहेको बुद्धले युरोपका देशमा नेपाली जहाज जान बन्देज भएका कारण भारतलाई पहिलो प्राथमिकतामा राखेको छ । युरोपको कालोसूची नहटेसम्म उडानको प्रक्रिया सुरु गर्न समस्या भएको बुद्ध एयरले जनाएको छ ।

निजी क्षेत्रकै वायु सेवा कम्पनी हिमालय एयरलाईन्सले पनि सरकारले पहिला युरोपको कालोसूची हटाउन पहल गर्नुपर्ने बताएको छ । उद्यपी अन्तराष्ट्रिय उडान गर्न चाहाने नेपाली वायु सेवा कम्पनीका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमले केही सघाउ पुग्ने हिमालयको अपेक्षा छ ।

हिमालय एयरका प्रवक्ता विजय श्रेष्ठ बाहिर भएकाले नाम नखुलाउने सर्तमा एयरलाईन्सका एक अधिकारीले उड्ययन क्षेत्रलाई नेपालको आन्तरिक मामिला मात्रै मानेर नीति कार्यक्रम आएको बताए । उड््ययन क्षेत्र कहिल्यै पनि एक देशको मात्रै आन्तरिक मामिला नहुने उनको भनाई छ । पर्यटनको मुख्य औजार एयरलाईन्स भएकोले सरकारले उड्ययन क्षेत्रको विषयमा अध्ययन गरेर आगामी बजेट तर्जुमा गर्नुपर्ने हिमालय एयरलाईन्सको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री देउवा

काठमाडौँ ।पाँच राजनीतिक दलको गठजोडमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोे सय दिन पूरा भैसकेको छ । मुलुकभित्र जारी राजनीतिक गतिरोधका कारण