संसदमा ठाकुरको दुखेसो, ‘पहाडमा जन्मिएको भए नेपाली भन्ने सौभाग्य पाउथें’

२३ बैशाख २०७६, सोमबार १३:१९ मा प्रकाशित

काठमाडौँ, २३ बैशाख । राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले मधेसी मूलमा जन्मिएकै कारण आफूले नेपाली भन्ने अवसर नपाएको गुनासो गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ठाकुरले नागरिकताको विषय उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनेर प्रचार गर्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।

यदि भारतीयहरु नेपाली नागरिकता लिने लाइनमा छन् भने दिने सरकारी अधिकारी के हेरेर बसेका छन् भनेर उनले प्रश्न गरे । ठाकुरले भने, ‘नागरिकताको सवाल उठ्दा जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ । लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सिमा को बसेको हुन्छ ? गृहमन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इन्डियनहरु नै हो ?’

‘पहाडी परिवारमा जन्मिएको भए सायद मेरो पनि भाग्य हुन्थ्यो, नेपाली भन्ने सौभाग्य प्राप्त हुन्थ्यो,’ ठाकुरले भने, ‘तर मधेसी परिवारमा जन्मिए, मधेसी भन्नुहुन्छ, अहिलेसम्म त्यो विभेद हटेको छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार