विमानस्थलका कर्मचारी ३० तोला सुनसहित पक्राउ

२३ बैशाख २०७६, सोमबार १३:०८ मा प्रकाशित

काठमाडौँ, २३ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा निगमका एक कर्मचारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध सुन ल्याएको आरोपमा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई आइतबार राती पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट प्रहरीले १०÷१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ । विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३