पोखराका व्यवसायीको बदमासीले महेन्द्र गुफा ओझेलमा

२३ बैशाख २०७६, सोमबार ११:२७ मा प्रकाशित

निरोज कुमार थापा, पोखरा, २३ बैशाख । गण्डकी प्रदेशलाई पर्यटनको मुख्य थलोका रुपमा लिईन्छ । पर्यटकीय नगरी पोखरा, लमजुङ, गोरखा लगायतका जिल्लाको प्राकृतिक र धार्मीक गन्तव्यहरुले गण्डकीको पर्यटनलाई चलायमान बनाईरहेका छन् । पोखरालाई ‘अन्नपूर्ण गेट वे’ पनि भनिन्छ । अन्नपूर्ण क्षेत्रको पदयात्राका लागी पोखरा हुँदै जानुपर्ने भएकाले यो क्षेत्रलाई यसो भनिएको हो ।

हाल पोखरामा दुई सयभन्दा धेरै ट्रकिङ कम्पनीहरु सञ्चालना छन् । ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) पोखरामा आवद्ध भएका ट्रकिङ कम्पनीको संख्या मात्रै १६८ छ ।

ट्रेकिङका अलवा ट्राभल कम्पनी पनि उत्तिकै छन् । बजारमा कारोबार गर्ने र व्यवसायलाई खुला रुपमा सञ्चालन गरेका ट्राभल कम्पनी १७५ वटा छन् ।

पोखरा र आसपासको क्षेत्र घुम्न आएका पर्यटकलाई केही कम्पनीले पर्यटकले जान चाहेको क्षेत्रभन्दा अन्यत्रै लैजाने गरेको पाईएको छ । पोखरा पुगेका पर्यटकले फेवा ताल, वेगनास ताल, साराङ्कोट र महेन्द्र गुफा जान रुचाउँछन् । पोखराका होटल व्यवसायी र केही पदयात्रा व्यवसायीले यो क्षेत्रमा आएका पर्यटकलाई ट्याक्सीवालाको जिम्मा लगाएर घुम्न पठाउँछन । तर ट्याक्सीवालाले पर्यटकले जान चाहेको महेन्द्र गुफा नलगी साराङकोट र त्यहाँ नजिकैको गणेश गुफामा लैजाने गरेका छन् । यसले महेन्द्र गुफा ओझेलमा परेको छ ।

‘पर्यटकले महेन्द्र गुफा यही होर भनेर ट्याक्सीवालालाई सोध्दा ट्याक्सीवालाले पहिला राजा थिए उनकै नामबाट महेन्द्र गुफा भनिन्थ्यो, अहिले राजा छैनन त्यसैले त्यही गुफालाई गणेश गुफा भन्न थालिएको हो भनेर उत्तर दिन्छन्’ कास्की गुफा विज्ञ लालबहादुर सुनुवार भन्छन् ।

सुनुवारले बदमासी गर्ने व्यापारीहरु आफूले राम्रोसँग चिनेको पनि बताएका छन् । यद्यपी उनले नाम भने गोप्ने राखेको बताएका छन् ।
टान पोखराका अध्यक्ष हरि भुजेलले पनि होटल व्यवसायीले आफन्तको ट्राभल कम्पनीमार्फत पदयात्रा व्यवसाय चलाईरहेको बताएका छन् । होटलमा सस्तोमा कोठा दिने र ट्राभल तिरबाट दोब्बर पैसा असुल्ने काम भईरहेको बारे आफूहरु जानकार भएपनि नियमनकारी निकाय मौन बस्दा व्यवसाय नै दयनीय अवस्थामा आइपुगेको उनको भनाई छ ।

सात लाख वर्ष पुरानो महेन्द्र गुफामा अहिले आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् । स्थानीय विद्यालयको स्वामित्वमा रहेको उक्त गुफा २०१० सालको दशकमा फेला परेको थियो । २०१६ सालबाट औपचारि प्रवेश खुला गरिएको थियो । २०३२ सालबाट भने विद्यालयलाई हस्तान्तरण गरिएको हो । महेन्द्र गुफाको रेखदेख गरिरहेको विद्यालयले नजिकैको चमेरे गुफाको पनि रेखदेख गर्दै आएको छ ।

१६ रोपनी क्षेत्रफलमा फैलिएको महेन्द्र गुफा, बजार क्षेत्रका होटल र सामाजिक सञ्जाल फेसबुक पेजमार्फत ट्राभल र ट्रेकिङ पेज खालेकाहरुको बदमासीका कारण ओझेलमा परेको गुफा संरक्षण समितिको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका