आयुष केसी र प्रितम आचार्य सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा

२३ बैशाख २०७६, सोमबार १०:५८ मा प्रकाशित

काठमाडौँ । नेपालका दुई बालकलाकार आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालनबाट प्रसारण भैरहेको रियालिटी कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पर्न सफल भएका छन् ।
गत फेब्रुअरी ९ मा प्रारम्भ भएको उक्त प्रतिस्पर्धामा १६ वर्ष भन्दा कम उमेरका बालबालिका सहभागी छन् । १२ वर्षका आयुष तथा ११ वर्षका प्रितम आचार्यसहित ८ जना नेपाली ऊक्त कार्यत्रमको अडिसनका लागि भारत पुगेका थिए ।

आचार्य र केसी दुवै जना सन् २०१६ मा भएको सुरशाला जुनियर आइडलका टाइटल विजेता हुन् । आयुष सिन्धुपाल्चोक घर भै हाल भक्तपुर बस्दै आएका छन् भने प्रितम सुनसरीको इटहरीका स्थायी बासिन्दा हुन् ।

यी दुवै बालक विजेता बनुन् भन्ने सारा नेपाली टेलिभिजन दर्शकको चाहना भने भोटिङ राउन्ड सुरु नभए पनि उनीहरू विजेता हुने सम्भावना प्रबल बन्दै गएको छ । गत साता केसीले निर्णायकहरूको शत प्रतिशत मत प्राप्त गरेका थिए भने आचार्यले ९९ दशमलव ९७ प्रतिशत मत पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको