इन्द्रावती गाउँपालिकाद्वारा अभियानकर्मी डा विष्णुमाया परियार सम्मानित

२३ बैशाख २०७६, सोमबार १०:२९ मा प्रकाशित

सिन्धुपाल्चोक, २३ वैशाख । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारलाई इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकले सम्मान गरेको छ । डा परियारलाई इन्द्रावती गाउँपालिका र जर्सी सिटी अमेरिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न अतुलनीय योगदान गरेकाले सम्मान गरिएको हो ।

डा परियारले भगिनी सम्बन्ध स्थापना गर्ने सन्दर्भमा सङ्कल्प प्रस्ताव पारित गर्न र जर्सी सिटी, न्यू जर्सी संयुक्त राज्य अमेरिका र इन्द्रावती गाउँपालिकाका प्रमुखबीच बृहत् हस्ताक्षर गराउनलगायत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । विष्णुमाया अहिले जर्सी सिटीका मेयर स्टेप अप फ्लोपका सल्लाहकार हुनुहुन्छ ।

डा विष्णुमायालाई सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पछिल्लो पटक नेपालमा ‘ग्लोबल युथ लिडरसीप समिट– २०१९’ प्रदान गरिएको थियो । अमेरिकाको लुइस भिल्ले स्टेटमा सामाजिक अभियानकर्मी डा परियारले यसअघि हावर्ड विश्वविद्यालयले प्रदान गर्ने ‘ब्रिज विल्डर अवार्ड’ र डा ‘अम्बेड्कर ग्लोबल चेन्ज मेकर अवार्ड’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।

सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोटगाउँको दलित बस्तीमा जन्मिनुभएकी डा परियारलाई अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डाक्टरको उपाधि प्रदान गरेको छ । उहाँले सामाजिक क्षेत्रमा पु¥याएको योगदानस्वरुप अहिले अमेरिकाको लुइस भिल्ले स्टेटमा विष्णुमायाको नाममा ‘विष्णुमाया डे’ मनाइँदै आएको छ । सोही अवसरमा समाजसेवी नवीन शेरचनलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको

वासिङटन । अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । दुई देशका नेताबीच यसै

एजेन्सी । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा