सत्तापक्षका उपेन्द्र र प्रतिपक्षका बाबुरामको एकता आज, राजपासँग समान हैसियत !

२३ बैशाख २०७६, सोमबार १०:४८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २३ बैशाख । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच आज एकता हुदै छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र वहालवाला उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरमबीच आज एकता घोषणा हुन लागेको हो ।

डा भट्टराई र यादवबीच शनिवार पार्टी एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो । एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिने भएको छ । सत्तारुढ नेकपामा जस्तै भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ । एकीकृत पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

पार्टी एकीकरण भएपछि यादवले सरकारलाई संविधान संशोधनका लागि अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई मात्रै सांसद छन् । एकता पनि बन्ने समाजवादी पार्टी नेपालको १७ सांसद हुने छन् । संसदमा राजपाको पनि समान १७ सिट नै छ । एकतासंगै राजपा र समाजवादी पार्टी नेपालको सिट संख्याको आधारमा समान हैसियत कायम हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को